काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई भक्तपुरस्थित उनकै निवासबाट आज सोमबार पक्राउ गरिएको हो ।
प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो ।
रास्वपाकी सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भनेर उनीविरुद्ध ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ । जेनजी शहीद रसिक खतिवडाकी आमा समेत रहेकी रचनालाई ‘छोराको लाशमा टेकेर संसद् बनेको’ आरोप प्रसाईंले लगाएका थिए ।
सांसद खतिवडाले संसद् बैठकमै प्रसाईंको अभिव्यक्तिमा आपत्ति जनाएकी थिइन् । त्यस क्रममा उनी भक्कानिएर रोएकी थिइन् । सो अभिव्यक्ति विरुद्ध खतिवडाको परिवारबाट उजुरी दिइएको बताइएको छ ।
प्रसाईं पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । अधिकांशजसो उनी साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)
सम्बन्धित समाचार
कहाँ गए जितेन्द्र खड्का ? तनावमा परिवार
भोटेकोशी बाढीले खोसेको खुसी : तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन
जनकपुरमा मध्यराति आगलागी हुँदा एक जनाको मृत्यु, विद्युत् सर्ट भएको आशंका
गन्दुरामले मध्यराति गरे श्रीमतीको हत्या, अनि आफैले दिए प्रहरीलाई जानकारी
वायुसेवा निगममा अर्को अनियमितताः बिना प्रतिस्पर्धा मलेसियामा क्रु ट्रान्सपोर्ट छनोट
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक बस
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी ठप्प
आइतबारदेखि पूर्वी नेपालवाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव





