काठमाडौं । GWM नेपालले दसैं–तिहारलाई लक्षित गर्दै ‘GWM Festive Offer – Go With More’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत GWM का विद्युतीय एसयूभी ORA 5 EV र Haval Jolion Max EV खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ORA 5 EV खरिदमा २ लाख रुपैयाँसम्म र Haval Jolion Max EV खरिदमा ३ लाख रुपैयाँसम्मका लाभ उपलब्ध हुनेछन्। अफरमा कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर, ७ किलोवाटको चार्जर तथा एसेसरिजलगायत सुविधा समावेश छन्।
त्यस्तै, ग्राहकले नगद छुट, आकर्षक एक्सचेन्ज भ्यालु र सहज फाइनान्सिङ सुविधा पनि पाउनेछन्। यी सुविधा कम्पनीले तोकेको नियम तथा सर्तअनुसार उपलब्ध हुने जनाइएको छ।
कम्पनीका अनुसार ORA 5 EV आधुनिक डिजाइन, प्रविधि र प्रिमियम विद्युतीय मोबिलिटीका लागि लक्षित मोडल हो। उक्त मोडलले २०२६ टोरोनो अटोमोटिभ डिजाइन अवार्ड्सअन्तर्गत ‘फ्यामिली कार’ विधामा उत्कृष्ट इन्टेरियर डिजाइन अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ।
Haval Jolion Max EV मा एसयूभी डिजाइन, विद्युतीय ड्राइभ र विभिन्न स्मार्ट प्रविधि समावेश छन्। यो मोडल NAIMA Nepal Mobility Expo 2026 मार्फत नेपाली बजारमा सार्वजनिक गरिएको थियो।
GWM नेपालले ‘Go With More’ अभियानमार्फत गाडी खरिदसँगै ग्राहकको समग्र स्वामित्व अनुभवमा थप मूल्य प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ। कम्पनीले नेपाली बजारमा विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आफ्नो ईभी पोर्टफोलियो विस्तार गर्दै आएको छ।
VG Impex Pvt. Ltd. GWM को नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हो। कम्पनीका अनुसार अफर काठमाडौं, बुटवल, विराटनगर, चितवन, पोखरा, भक्तपुर र धनगढीस्थित आधिकारिक डिलरमा उपलब्ध हुनेछ।
सम्बन्धित समाचार
पोखरामा जग्गाको कित्ताकाट खुल्यो
भोटेकोशी बाढीपीडितका लागि एक करोड ७१ लाख सहयोग
चार दिन लगातार स्थिर रहेको अमेरिकी डलर आज मजबुत
राष्ट्र बैंक कानुन संशोधनः गभर्नरको कार्यकाल अब तीन वर्ष
घट्यो सहकारीको ऋणको अधिकतम ब्याजदर, अब १३ प्रतिशत भन्दा बढी लिन नपाउने
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
घट्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?





