एक्स्ट्रिम इनर्जी ड्रिङ्क र नेपाली क्रिकेट टोलीका ९ खेलाडीबीच सम्झौता

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडीलाई आफ्नो ‘टिम एक्स्ट्रिम’मा आबद्ध गरेको छ। नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जनाएको छ।

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्स्ट्रिम’का सदस्य बनेका छन्।

सम्झौतापछि खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कको लोगो राखिनेछ। साथै कम्पनीले सञ्चालन गर्ने विभिन्न प्रचार, ब्रान्ड तथा खेलकुदसम्बन्धी कार्यक्रममा खेलाडीको सहभागिता रहनेछ।

कम्पनीले नेपाली क्रिकेटमा खेलाडीको लोकप्रियता र युवापुस्तामा उनीहरूको प्रभावलाई ध्यानमा राख्दै यो सहकार्य गरिएको जनाएको छ। यसले क्रिकेट र ब्रान्डबीचको सम्बन्ध अझ बलियो बन्ने अपेक्षा गरिएको छ।

यसैबीच, एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) का ७ टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान सार्वजनिक गरेको छ। कार्यक्रममा कम्पनीले एनपीएलको मुख्य प्रायोजकका रूपमा ७ टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यान पनि सार्वजनिक गरेको हो।

कम्पनीले आगामी दिनमा क्रिकेटसहित विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

एक्स्ट्रिम इनर्जी ड्रिङ्क र नेपाली क्रिकेट टोलीका ९ खेलाडीबीच सम्झौता