सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट

काठमाडौं । खराब मौसमका कारण सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट गरिएको छ ।

‎सिमरा विमानस्थलबाट काठमाडौंका लागि बुधबार बिहान १०:३० बजे बुद्ध एयरको U4 554 उडान थियो। काठमाडौंको आकाशमा पुगेपछि विमान करिब ३० मिनेट आकाशमै होल्ड भयो।

‎काठमाडौं विमानस्थलमा पानी परिरहेको तथा खराब मौसमका कारण अवतरणमा समस्या भएपछि विमानलाई जनकपुर विमानस्थलतर्फ डाइभर्ट गरिएको छ। ‎विमान करिब १२:३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेको हो। 

‎विमानका कर्मचारीबाट प्राप्त जानकारीअनुसार मौसम तथा विमानस्थलको अवस्था अनुकूल भएमा करिब ३० मिनेटपछि जनकपुरबाट पुन: काठमाडौंका लागि उडान हुने बताइएकाे छ। काठमाडाैं उपत्यकामा बुधबार बिहानदेखि भिजिविलिटीकाे समस्या देखिएकाे छ । साेही कारण आन्तरिक उडान केही प्रभावित बनेका छन् ।
 

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

पशुपतिमा गैरहिन्दु प्रवेशको भिडिओ भाइरल, हिन्दु–मुस्लिम जोडी पक्राउ