बीपी राजमार्गको सेल्फीडाँडामा यात्रुवाहक माइक्रोबस दुर्घटना, तीन जना घाइते

काठमाडौं । काभ्रेको नमोबुद्धस्थित सेल्फीडाँडामा गएराति यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

इलामबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु–७ बस्ने २६ वर्षीया रिता आपागाईं र उनका छोरा ९ वर्षीय रितिक घाइते भएको छन् ।

अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार गाडीमा सवार चालकसहित तीन जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर धुलिखेल अस्पतालमा उपचारका लागि लगेको छ ।

रातको समय र अप्ठ्यारो भौगोलिक अवस्थाका कारण उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले थर्मल ड्रोनको समेत प्रयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार