जनयुद्धकै झझल्को दिने जनयुद्ध दिवस : अति दुर्गम क्षेत्रमा पनि मनाईयो


बैतडी । बिहिबार बैतडीका ग्रामिण क्षेत्रहरुमा जनयुद्ध दिवस मनाइँदा त्यसले जनयुद्धकै बेलाको झझल्को दिएको पाइयो । जनयुद्धका बेला जसरी तत्कालिन बिद्रोही पक्ष नारा लगाउदैँ गाँउगाँउ पुग्दथे, त्यसैको झल्को दिने गरि जनयुद्ध दिवस बिहिबार पनि कम्यूनिष्ट पार्टीका नेता कार्यकर्ता त्यहि मुद्रामा देखिए । तर नाराहरु भिन्न थिए । उतिबेला तत्कालिन सरकार बिरुद्धका नाराहरु हुन्थे भने अहिले गणतन्त्र नेपाल जिन्दाबाद सघिंयता कार्यान्वयन गरौँ लगायतकै थिए । उसो त उतिबेला बिद्रोहमा रहेका ब्यक्ति अहिले जनप्रतिनिधिका रुपमा देखिएका छन् । उनिहरुले गरेको कोणसभामा पनि सबिंधानको असल कार्यान्वयन कसरी गर्ने भन्ने बिषयले ठाउँ पाएको छ ।


जिल्लाको मेलौली नगरपालिका वडा नं ५, का अध्यक्ष बलभद्र दयालले भने‘ हामी बिभिन्न संघर्षबाट जनप्रतिनिधि बन्यौ हाम्रा साथीहरु कोही स्थानीय तह, कोहि प्रदेश तथा कोही प्रतिनिधि सभामा सदस्य छन्, सबिंधान बनेको छ । सरकार हाम्रै पार्टीको नेतृत्वमा छ । राजनितिक लडाई सकियो अब आर्थिक समृद्धिको बाटोमा हामी सबै जनप्रतिनिधि अघी बढेका छौँ । यो आर्थिक क्रान्तीले देश समृद्धि बनाउनु छ त्यसका लागि वडा तहदेखि हामी लागी परेका छौँ, उनले भने, ।
दोगडाकेदार गाँउपालिका अध्यक्ष चक्र कार्कीले पनि नेपालमा भएको जनयुद्धले केहि घाऊहरु तथा केहि खुसीहरु दिएकाले यसको सदुपयोग गरि देश समृद्धि बनाउने पक्षमा आफुहरु लागेको र यसैको सन्देश दिन जनयुद्ध दिवस मनाएको बताए । जनयुद्ध दिवस नेपाल कम्यूनिष्ट पार्टीले बैतडीका सबै स्थानिय तहहरुमा मनाएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम