काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्धित भएका छन्।
बायाँहाते ब्याटर तथा स्पिनर ३१ वर्षीय एलेन टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् भने विश्वका विभिन्न फ्रेन्चाइज लिगहरूको अनुभव संगालेका छन्।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङ थप बलियो हुने विश्वास व्यक्त गरेका छन्। यता, खेलाडी एलेनले पनि नेपालमा आएर एनपीएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित रहेको बताएका छन्।
तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)
सम्बन्धित समाचार
तेस्रो पर्वतीय दौडमा नरेन्द्र च्याम्पियन
नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य, रोहितको शतक
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा
विश्वकप लिग–२ शृंखला : नेपालले आज ओमानविरुद्ध खेल्दै, यसकारण महत्वपूर्ण छ यो खेल
आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने






