पोखरा । तेस्रो पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२, पुम्दी–भुम्दीमा शनिबार आयोजित उक्त प्रतियोगितामा निर्धारित ८ किमी दूरी उनले ३४ः३५ः८८ मिनेटमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । सुदूरपश्चिमका रावत गत वर्ष पनि च्याम्पियन बनेका थिए ।
गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट क्षेत्री तेस्रो भए । श्रेष्ठले निर्धारित दूरी ३५ः१६ः१९ मिनेटमा पूरा गर्दा क्षेत्रीले ३५ः२९ः०१ मिनेट समय लगाए । उनीहरुले क्रमशः ३० र १५ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । धीरजबहादुर बुढा चौथो र सरोज कुँवर पाँचौं हुँदै क्रमशः ७ र र ३ हजार नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । छैटौंदेखि दशौंसम्म क्रमशः महेन्द्रबहादुर बुढाथोकी, श्रीकेश राई, पृथ्वीलाल राई, महेन्द्र घर्तीमगर र आशीष कुँवर पर्न सफल भए ।
महिलातर्फ द्रिपा बस्नेतले ४८ः१३ः४६ मिनेटमा दूरी पूरा गर्दै प्रथम भइन् । द्रोपदा कठायत दोस्रो र मीनु बुढा तेस्रो भए । यू–१६ तर्फ कमल बिक प्रथम, मुलुक सिंह खत्री दोस्रो र सक्षम बोहोरा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
पोखरा २२ वडाअन्तर्गत क्रिशल परियार प्रथम, सुयन बिक दोस्रो र कमल पौडेल तेस्रो भए । भेटेरानतर्फ तेजबहादुर गुरुङ प्रथम हुन सफल भए । किशोर थापा दोस्रो, कमल गुरुङ तेस्रो बने ।
विदेशीतर्फ माथियस डियोन प्रथम, अलेकजेण्डर दोस्रो, माइखाइलो तेस्रो भए । खुलाबाहेक बाँकी विधामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १५, १० र ७ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार दिइएको थियो ।
पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकद्वारा विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित दौडको उद्घाटन गण्डकीका खेलकुद मन्त्री रेखा गुरुङले गरेकी थिइन् । समापनमा विजयीलाई पोखराका मेयर धनराज आचार्यले पुरस्कृत गरे ।
सो अवसरमा पुम्दीभुम्दीको पर्यटन प्रवद्र्धन र स्थानीय क्षेत्रको विकासमा योगदान दिएका राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।
सम्बन्धित समाचार
पदक विजेता कब्बडी टोली बैंकक एयरपोर्टमा अलपत्र !
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा खेलाडी छनोट
सिद्धार्थ बैंक काठमाडौं म्याराथन असोज २४ गते
विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोलीको घोषणा, को को परे ?
एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण
आदर्शले जित्यो सातौँ पुल्चोक कपको उपाधि
एक दिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा
एन्फा अध्यक्षसहित चार जनाविरुद्ध आर्थिक अनियमितता र खेल मिलेमतोको मुद्दा






