काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२६ को ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ ले प्रदान गर्ने यो अवार्ड बैंकले लगातार तेस्रो वर्ष प्राप्त गरेको हो ।
बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि यो अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालन गर्ने क्षमता, विश्वसनीयता, शाखा तथा डिजिटल सेवाको विस्तार, ग्राहकलाई दिइने सेवा, नयाँ प्रविधिको प्रयोग र जोखिम व्यवस्थापनलगायतका आधारमा यो अवार्ड प्रदान गरेको जनाएको छ । बैंकले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र व्यावसायिक साझेदारीलाई पनि प्राथमिकता दिएको छ ।
अवार्ड वितरण समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न देशका प्रमुख बैंक तथा वित्तीय संस्थालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा चीनको बैंक अफ चाइना र आइसीबीसी, भारतको स्टेट बैंक अफ इन्डियालगायत बैंकले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो । बैंकले यसअघि सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ ।
त्यस्तै, बैंकले सन् २०२२, २०२४ र २०२५ मा युरोमनी अवार्ड फर एक्सिलेन्स तथा सन् २०२४ मा बेस्ट बैंक ईएसजी नेपाललगायतका सम्मान पनि प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र तथा ६९ एक्सटेन्सन र राजस्व सङ्कलन काउन्टरमार्फत सेवा दिँदै आएको छ । यसका साथै बैंकका विदेशमा तीनवटा प्रतिनिधि कार्यालय छन् ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका देशबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । यसबाट देशको अर्थतन्त्रमा योगदान पुगेको बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
घट्यो सुन चाँदीको भाउ, कतिमा भइराखेको छ आज कारोबार ?
सुन चाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी, आज पनि उल्लेख्य रुपमा घट्यो
झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार
लगातार घटेको सुन चाँदीको मूल्य आज बढ्यो
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार
असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर






