‘सरकार, अव्यवस्थित क्वारेन्टाइन बन्द गर’

राजविराज, सप्तरी । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारको प्रयास कमजोर देखिएको तथा अव्यवस्थित क्वारेन्टाइनका कारण विभिन्न खाले अप्रिय घटना हुन थालेको भन्दै बुधबार सदरमुकाम राजविराजमा यूवाहरुले प्रदर्शन गरेको छ ।

स्थानिय राजरंगशालाबाट सामाजिक दुरी कायम गर्दै सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पश्चात् सहिद दशन चौकमा पुगि कोणसभामा परिणत भएको थियो । यसअघि यूवाहरुले नयाँ नक्साका लागि धन्यवाद छ सरकार, अब द्रुत गतिमा अघि बढाऊ पिसिआर, रोक भ्रष्टाचार दु्रत गतिमा परिक्षण गर पिसिआर, मापदण्ड विपरीतका क्वारेन्टाइन बन्द गर लगायतका नाराहरु लखिएका प्ले कार्डसहित बजार क्षेत्र परिक्रममा गरेका थिए ।

प्रदर्शनमा सहभागिहरुले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टचारमा लिप्त रहेको तथा मापदण्ड विपरितका क्वारेन्टाइन निर्माणका कारण क्वारेन्टाइन नै संक्रमण बढाउने र अपराधको कारखाना बन्दै गएको बताए । उनीहरुले सुस्त गतिमा भइरहेको पिसिआर परिक्षणमा तिब्रता दिनु पर्ने तथा कोरोना जोखिम नियन्त्रणका लागि खडा गरिएको कोषबाट भएको सम्पूर्ण आम्दानी र खर्च विवरण सार्वजनिक गर्नुपर्ने माँग समेत गरेका छन् ।

अघिल्लो दिन नेपाली काँग्रेसले पनि अस्तव्यस्त बनेको क्वारेन्टाइनलाई व्यवस्थित गर्नु पर्ने तथा लकडाउनले बेहाल बनेका जनताको आवश्यकताका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पठाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित