काठमाडौं । साताको साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक स्थिर रहेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंक बढेर २६३०.७६ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।
१३ मध्ये चार उपसमूहको परिसूचक बढेको छ । जलविद्युत उपसमूहको परिसूचक १.६५ प्रतिशत बढेको छ। लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।
नेप्से स्थिर रहे पनि कारोबार रकम भने बढेको छ। सोमबार चार अर्ब रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज पाँच अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँबराबरको एक करोड ५३ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज पनि घलेम्दी हाइड्रो कम्पनीको सबैभन्दा बढी २८ करोड ५८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २४ करोड र सानिमा मिडिल तमोर हाइड्रोपावरको २१ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ ।
आज बेनी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य ६० रुपैयाँ ८० पैसा बढेर ४६६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य १२ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।
सम्बन्धित समाचार
सुन चाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी, आज पनि उल्लेख्य रुपमा घट्यो
झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार
लगातार घटेको सुन चाँदीको मूल्य आज बढ्यो
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
जसले पाए करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार
असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात
ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक पायो ‘बेस्ट बैंक’ अवार्ड
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, ३ जनाले जिते बाइक र स्कुटर






