गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

आइतबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परी घटनास्थलमै ४ जनाको मृत्यु भएको थियो भने घाइतेमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी ६७ वर्षीय दिलीपकुमार बागले, वालिङ–१० निवासी ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्।

दुर्घटनामा घाइते भएकामध्ये निता बगालेको उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मीमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते छविलाल पाण्डेको सोही अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।

गोमता पाण्डेको पाल्पास्थित मिसन अस्पतालमा तथा बालकृष्ण सुवेदीको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी बिरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

दुर्घटनापछि प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले उद्धार गरेको थियो। प्रहरीका अनुसार घटना’bout थप विवरण संकलन भइरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो