सर्लाहीमा कोरोनाबाट निको हुनेको संख्या ९९ पुग्यो

सर्लाही । सर्लाहीमा कोरोनाबाट निको हुनेको संख्या ९९ पुगेको छ । सर्लाहीमा २० पालिकामध्ये लालबन्दी नगरपालिका बाहेक १९ पालिका गरी हालसम्म कोरोना संक्रमित बिरामी ५ सय २८ रहेको छ । तीमध्ये हालसम्म ९९ जना उपचार पश्चात निको भएर डिस्चार्ज भई घर फर्किसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

बुधबार सर्लाही सदरमुकाम मलंगवामा रहेको सन्त अल्पमाई रामनारायण यादब नर्सिङ्ग कलेजमा स्थापना गरिएको अस्थाई विशेष कोरोना अस्पताल उपचाररत र हरिपुरको फरदवा स्वास्थ्य चौकीमा रहेको आइसोलेसन कक्षमा उपचाररत गरी जम्मा ३८ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएर घर फर्किसकेको मलंगवा अस्पतालका मेडिकल अधिकृत डा. अभिनाश सिंहले बताए ।

यसअघि मात्र ६१ जना संक्रमितहरु सर्लाही, जनकपुर, काठमाडौं, बारा र बिरगंजबाट उपचार पश्चात निको भएर डिस्चार्ज भएका थिए । सबै भन्दा बढि मलंगवामा रहेको सन्त अल्पमाई रामनारायण यादब नर्सिङ्ग कलेजमा स्थापना गरिएको अस्थाई विशेष कोरोना अस्पतालबाट गएको आइतबारसम्म ४२ जना, जनकपुरमा रहेको आइसोलेसन वार्डबाट १५ जना, काठमाडौंबाट २ जना, बाराबाट १ जना र बिरगंजबाट १ जना गरी जम्मा ६१ जना कोरोना संक्रमित बिरामीहरु उपचार पश्चात निको भएर घर फर्किसकेको छ । त्यस्तै जम्मा संक्रमितहरु मध्ये ४ सय २९ कोरोना संक्रमितहरु अझै उपचार रत रहेको मेडिकल अधिकृत सिंहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 397 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित