सर्लाही । सर्लाहीमा फेरी थप ७ जना नयाँ कोरोना संक्रमित बिरामीहरु थपिएको छ । आज शनिबार सबैभन्दा बढि कौडेना गाउँपालिकाका ५ र चक्रघट्टा गाउँपालिकाका २ जना गरी जम्मा ७ जना कोरोना संक्रमित थपिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।
योसँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या ५ सय ४२ पुगेको छ । शुक्रबार मात्र गोडैता नगरपालिकामा ३ जना र चक्रघट्टा गाउँपालिकामा २ जना नयाँ कोरोना संक्रमित थपिएको थियो । सर्लाहीमा कोरोना संक्रमितको संख्या बढेसँगै निको भएर घर फकर्नेको पनि संख्या बढिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)






