नवलपुरमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५६ पुग्यो

नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या १४० पुगेको छ । पूर्वी नवलपरासीमा सोमबार २४ जना थपिएसँगै नवलपुरमा संक्रमितको संख्या १ सय ४० पुगेको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा बौदीकालीका थप ८ जनामा संक्रमण देखिएको हो । त्यसैगरी चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा गैडाकोटको दुई जना र बुलिङटारको १४ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि लैजाने तयारी भइरहेको छ ।

अहिलेसम्म नवलपुरको सबैभन्दा बढी मध्यविन्दु नगरपालिकामा ३९ जना संक्रमित भेटिएका छन् । त्यसैगरी हुप्सेकोट गाउँपालिकामा ३२ जना, बुलिङटार गाउँपालिका २७ जना, बौदीकाली गाउँपालिकामा २२ जना, विनयी त्रिवेणी गाउँपालिकामा १३ जना, संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

त्यसैगरी देवचुली नगरपालिकामा ९ जना, गैडाकोट नगरपालिकामा ८ जना र कावासोती नगरपालिका ६ जना संक्रमित भेटिएका छन् । संक्रमित मध्ये २ जना निको भएर फर्किएका छन् भने ३ जना उपचार पछि फर्किएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की