प्रदेश २ मा ६८ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६८ जना नयाँ व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यो संगै प्रदेशमा संक्रमितको संख्या ३ हजार ९७ पुगेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा पुरुषको संख्या २ हजार ९ सय २१ तथा महिला १ सय ७६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा धनुषामा २९ जना, महोत्तरीमा १२ जना, सिरहामा ७ जना, सप्तरीमा ५ जना, रौतहटमा १३ जना, सर्लाहीमा २ जनामा संक्रमण देखा परेको सामाजिक विकास मन्त्रालयका उपसचिव एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन ।

पछिल्लो पटक संक्रमितहरु भारतको विभिन्न शहरहरुबाट आएर विभिन्न पालिकाले निर्माण गरेको क्वारेन्टाईनमा वस्दै आएका थिए । संक्रमित सवैलाई सम्बन्धित जिल्लाको आईसोलेशन सेन्टरमा ल्याउने कामकाज भएको छ ।

यसै गरी आज मात्र रौतहटमा ८ सय ३१ जना सहित १ हजार १ सय ७१ जनाको पि सि आर परीक्षणका लागि स्वाव संकलन गर्ने काम भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश नंं २ मा ४० हजार ५ सय ९६ जनाको स्वाव संकलन गरेकोमा ६ हजार ६ सय २० जनाको परीक्षण परिणाम आउन बाँकी रहेपनि अन्य सबैको आएको छ ।

आज मात्र प्रदेश २ मा ६४ जना कोरोना मुक्त भएर घर फर्केको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना मुक्त हुनेको संख्या १ हजार १ सय ९ पुगेको उप निर्देशक झाले जानकारी दिए ।

अब प्रदेश २ को विभिन्न जिल्लामा रहेको क्वारेन्टाईनमा ८ हजार २ सय २८ जना रहेका छन् भने होम क्वारेन्टाईनमा १६ हजार ९५ जना पुगेको छ । क्वारेन्टाईनवाट घटेपनि होम क्वारेन्टाईनमा बस्नेहरुको संख्या बढ्दै गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित