सप्तरीमा थपिए ६ जना कोरोना संक्रमित, १५ जना डिस्चार्ज

सप्तरी । अघिल्लो दिन १९ जना संक्रमित फेला परेको सप्तरीमा बुधबार ६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै सप्तरीमा संक्रमितको संख्या २ सय २ पुगेको छ ।

बुधबार सप्तरीको बलानबिहुल गाउँपालिकाका ४ र बोदेबसाईन नगरपालिकाका २ गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिए ।

यस्तै बुधबारै कोरोना निको भएर ३ महिलासहित १५ जना डिस्चार्ज भएका छन् । १ सय ११ जना संक्रमितको स्थानिय साईकृष्ण अस्पतालको आइसोलेशन कक्षमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।

जिल्लाको १८ स्थानिय तहमध्ये हालसम्म १६ वटा स्थानिय तहबाट कोरोना संक्रमित फेला परिसकेका छन् । लकडाउन खुकुलोसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएकाले लापरवाही नगर्न तथा सुरक्षा सतर्कता अपनाउन स्थानिय प्रशासनले सबैसँग अपील गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित