सप्तरी, राजविराज । नागरिकता विधेयक खारेजीको माँग गर्दै सदरमुकाम राजविराजमा बिहीबार मसाल जुलुससहित बिरोध प्रदर्शन गरिएको छ ।
नेवि संघ सप्तरीले नागरिकता विधेयक बिरुद्ध मसाल जुलुससहित बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनका क्रममा नागरिकता विधेयक खारेज गर, महिला बिरुद्धको विभेद अन्त्य गर, अधिनायकवाद मुर्दावादका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरिएको थियो ।
मसाल जुलुस प्रदर्शन पश्चात् आयोजित कोणसभालाई काँग्रेसका यूवा नेता मो. इर्साद अन्सारी, अर्जुन साह, नन्दकिशोर यादव, मो. शबिर आजम, समिर झा, नेवि संघका घनानन्द यादवलगायतले सम्बोधन गर्दै नागरिकता सम्बन्धी सरकारले ल्याएको संशोधन विधेयक खारेज नगरे आन्दोलन चर्काउने र सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने चेतावनी दिएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)






