सर्लाहीमा थपिए ४ जना कोरोना संक्रमित, संक्रमितको संख्या ६१९ पुग्यो

सर्लाही । सर्लाहीमा शनिवार ४ जना नयाँ कोरोना संक्रमितहरु थपिएको छ । बागमती नगरपालिकामा ३ जना र चन्द्रनगर गाउँपालिकामा १ जना गरी ४ जना नयाँ कोरोना संक्रमित व्यक्तिहरु थपिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सर्लाहीमा ६ जनामा कोरोना संक्रमण पुष्टि गरेपनि ४ जना कोरोना संक्रमित व्यक्तिहरु मात्र फेला परेको प्रजिअ जिसीले बताए । यो सँगै सर्लाहीमा कोरोना संक्रमित बिरामीको संख्या ६ सय १९ पुगेको छ । पछिलो समय सर्लाहीमा कोरोना संक्रमित भन्दा कोरोना जितेर घर फर्कनेको संख्या बढिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित