पालबाट सुविधासम्पन्न भवनमा बसेर सुरक्षा दिँदै प्रहरी (फोटो फिचर)

सिन्धुपाल्चोक । विनाशकारी भुकम्पमा ध्वस्त भएका सिन्धुपाल्चोकका प्रहरी कार्यालय भवनहरु पुननिर्माणको अन्तिम चरणमा पुगेको छ । भुकम्पले प्रहरी चौकीहरु भत्केपछि पालमुनी बसेर शान्ति सुरक्षामा खटिँदै आएका जिल्लाका प्रहरीहरु अब भने सुविधासम्पन्न भवनमा बस्न पाएका छन् । प्रहरी प्रधान कार्यालयको आन्तरिक स्रोत, पुननिर्माण प्राधिकरण र विभिन्न दातृ निकायहरुको सहयोगमा जिल्लाका प्रहरी कार्यालयका भवनहरु पुननिर्माण भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयको मुख्य भवन बाहेक २०७२ को भुकम्पमा जिल्लाका अधिकांश प्रहरी कार्यालयहरु भत्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय परिसरकै प्रहरी ब्यारेक भुकम्पमा भत्केपछि छ वर्षदेखि पालमुनी कष्टसँग बस्दै आएका प्रहरीहरुले शनिबारदेखि नयाँ र सुविधा सम्पन्न भवन पाएका छन् ।

युकेआइडीको सहयोग र युएनपीएस दात्तृ निकायको ५ करोड ६१ लख ८१ हजारको लागतमा जिल्ला प्रहरी परिसरमा ब्यारेक भवन र भान्साघर निर्माण सम्पन्न भएपछि पालमुनी बसेर डिउटी गर्दे आएका प्रहरीहरु सुविधासम्पन्न भवनमा बस्न सुरु गरेका छन् ।

नवनिर्मीत प्रहरी ब्यारेक भवनको उद्घाटन प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञावलीले गरे । प्रहरी महानिरीक्षक भएपछि पहिलो पटक सिन्धुपाल्चोकमा आएका महानिरीक्षक ज्ञावलीले ब्यारेक भवनलगायत अन्य प्रहरी कार्यालयहरुको निरीक्षण गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्थाको ’boutमा प्रहरी प्रमुख लगायत अन्य प्रहरी अधिकृतहरुसँग बुझेका थिए ।

जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि आगामी वर्ष थप चार स्थानमा नयाँ प्रहरी चौकीको दरबन्दी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । सीमा जोडिएको जिल्ला भएकाले सीमा सुरक्षा साथै जनताको जिउधनको सुरक्षा गर्न प्रहरीहरुलाई महानिरीक्षक ज्ञावलीले निर्देशन दिएका थिए ।

महानिरीक्षक ज्ञावलीले प्रहरी ब्यारेक भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरेका थिए । प्रहरी महानिरीक्षक ज्ञावलीले कोभिड १९ ले सिर्जना गरेको विषम अवस्थामा पनि प्रहरीहरु अग्रपक्तिमा खटिएर बिचलीत नभइ काम गरेकोमा प्रहरीको सबैबाट प्रशंसा भइरहेको ज्ञावलीले बताए । उनले आगामी दिन अझै भयावह हुने भन्दै जनताको स्वास्थ्य प्रति सम्बेदनशिल भएर काम गर्नका लागि प्रहरीहरुलाई निर्देशन दिएका थिए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले विनाशकारी भुकम्पपछि जिल्लाका प्राय सबै प्रहरी युनिटहरु निर्माण हुँदै गरेको र केही भवनहरु जग्गा अभावले निर्माण हुन नसकेको जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा कोभिड १९ को रोकथाम र नियन्त्रणमा प्रहरीले उच्च भुमिका निभाएको बताए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङ लगायत जनप्रतिनिधिहरुले पनि सिन्धुपाल्चोकमा प्रहरीको काम सन्तोषजनक रहेको बताएका थिए ।

२७ प्रहरी कार्यालय चिटिक्क

भुकम्पमा क्षतिग्रस्त जिल्लाका २७ प्रहरी कार्यालय भवन भुकम्पको ५ वर्षपछि निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका प्रहरी कार्यालय मध्ये जिल्ला प्रहरी कार्यालयको आवस भवनसहित चार वटा इलाका प्रहरी कार्यालयहरु समेत रहेका छन् । इलाका प्रहरी कार्यालय बाह्रविसे,नवलपुर,मेलम्ची र जलविरे रहेका छन् ।

त्यस्तै भुकम्पपछि प्रहरी चौकी र अस्थाई प्रहरी पोष्ट सहित १९ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । सीमा प्रहरी कार्यालय कोदारी सहित इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी मानेखर्क निर्माणधिन अवस्थामा रहेको र छिटो सम्पन्न हुने क्रममा रहेको काफ्लेले जानकारी दिए । जग्गा अभावका कारण दरबन्दी स्वीकृत भएपनि चार प्रहरी कार्यालय निर्माण हुन नसकेको उनले बताए । त्यस्तै भुकम्पमा क्षती भएको चार प्रहरी कार्यालय भवन पनि निर्माण हुन बाँकी रहेको छ । भुकम्पमा क्षतीग्रस्त प्रहरी कार्यालयहरु सबै सुविधासम्पन्न रहेको जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 478 times, 1 visits today)

epaper

ताजा समाचार

अमिर खानको तेस्रो बिबाह आज, छाेराछाेरी पनि सहभागी हुँदै