धनुषामा दुई वडाका स्थानीयबीच झडप, प्रहरीद्वारा हवाई फायर

जनकपुरधाम । बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकामा दुई वडाका स्थानीयबिच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

वडा नम्बर २ र ३ अर्थात दुहबी र गोबराहीका स्थानीयबीच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

बर्थिङ सेन्टर बनाउने विषयमा उनीहरुबिच आपसमा दुई दिनदेखि विवाद हुँदै आएको र आज झडप नै भएको प्रहरी उपरीक्षक बस्नेतले बताए । एक पक्षले विद्यालयको जग्गामा बनाउँदा सबै पक्षबीच विमर्श गर्नुपर्ने भनाइ स्थानीयको रहेको छ ।

दुई पक्षबीचको झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् भने एक जनाको कान समेत काटिएको प्रहरीले जनाएको छ । झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । भीडलाई तितरबितर बनाउन त्यहाँ प्रहरी पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 332 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित