मड्रिड । स्पेनीस लिगअन्तर्गत बार्सिलोनाले रियालसँगको दूरी ४ अंकमा झारेको छ । तालिकाको शीर्ष स्थानमा रहेको रियाल मड्रिडलाई पछ्याईरहेको बार्सिलोनाले भियारियालमाथि ४–१ को फराकिलो जित निकाल्दै अंक दूरी कम गरेको हो ।
भियारियालको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लुइस सुवारेज, एन्टोइन ग्रिजमन र अंन्सु फाटीले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा भियारियालका टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनालाई अग्रता लिएको थियो । यो जितपछि बार्सिलोनाले ३४ खेलमा ७३ अंक बनाएको छ । रियालको समान खेलबाट ७७ अंक छ ।
गएरातिको खेलमा रियाल म्याड्रिडले एथ्लेटिक बिल्वाओलाई १–० ले पराजित गर्यो । रियालका लागि सर्जियो रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गरे । कोरोना महामारीपछि सुचारु भएको ला लिगामा रियलको यो लगातार सातौ जित हो ।
तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)






