कञ्चनपुर । आगलागीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले बेलौरी नगरपालिकाले बेलौरी, कलकता र गोकुलपुर बजारमा तीन वटा फायर हाइड्रेन्ट जडान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालको आर्थिक सहयोगमा प्रतिहाइड्रेन्ट रु ७५ हजारको लागतमा फायर हाइड्रेन्ट जडान गरिएको हो । सो हाइड्रेन्टको परीक्षण सेवा सञ्चालन भइसकेको छ ।
नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेले ‘फायर हाइड्रेन्ट सडक किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकाले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति गर्न सकिन्छ ।’ भने ।
गोकुलपुरका स्थानीय रामबहादुर चौधरीले हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने बताए ।
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान
२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान
मेलम्चीको पानी आपूर्ति बन्द
‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने
मधेशको अधिकार र भविष्य’bout सर्लाहीमा छलफल






