लकडाउनपछि रामकृष्णको आयो नयाँ गीत

काठमाडौं । लकडाउन खुकुलो भएपछि जनजीवन सक्रिय भएसँगै गायक रामकृष्ण ढकाल पनि संगीतमा सक्रिय भएका छन् । गायक ढकालको युगल स्वरमा नयाँ गीत म त तिमीसँग भुल्ने मान्छे हैन…को भिडियो यतिबेला दर्शकमाझ आएको छ ।

गायक ढकालको करिब पाँच महिनापछि नयाँ गीतको भिडियो बजारमा आएको हो । यो गीत रामकृष्ण ढकाल र पारु शाहीको युगल स्वरमा रहेको छ ।

उनको यो गीतमा विशाल ढकालको संगीत रहेको छ । गीतलाई अर्जुन अस्तफलले लेखेका हुन् । गीतको संगीत संयोजन पुष्कर सुनुवारले गरेका हुन् ।

यो गीतको भिडियो त्रिकोणात्मक प्रेमकथामा आधारित छ । जसमा कमल सिंह, सरस्वती खत्री र जेनिशा लोप्चनले अभिनय गरेका छन् । यो भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ भने यसलाई जीवन शाहीले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई ओसआर डिजिटलबाट रिलिज गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

‘जुरासिक पार्क’का अभिनेता साम नीलको निधन