सरकार ! निजी सवारी साधनले कोरोना सार्दैन ?

सप्तरी, राजविराज । ‘कि त ज्यान मार की काम गरेर खान देऊ” भन्ने नाराका साथ सप्तरीमा कार्यरत सार्वजनिक यातायात मजदुरहरुले बुधबार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् ।

सत्तारुढ दल समर्थित नेपाल यातायात स्वतन्त्र मजदुरु संगठन नगर कमिटि तथा अखिल नेपाल विद्युतीय रिक्सा, अटो, टेम्पु मजदुर संघ सप्तरीको संयुक्त अगुवाईमा यातायात मजदुरहरुले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरोकारवाला निकायलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय तथा राजविराज नगरपालिकालाई पठाइएको ज्ञापनपत्रमा विगत चार महिनादेखी सार्वजनिक यातायात नचल्दा यातायात मजदुर र आश्रित परिवारलाई हातमुख जोड्ने समस्या भएको उल्लेख गर्दै निजि जस्तै सार्वजनिक यातायात पनि तत्काल खोल्न अनुमति दिनु पर्ने माँग गरिएको छ ।

निजि जस्तै सार्वजनिक यातायात संचालन गर, मजदुरलाई हातखुट्टा बाँधेर राख्न पाइदैन, निजिले सार्दैन सार्वजनिक सवारीसाधनले कसरी कोरोना सार्छ सरकार लगायतका नारासहितको प्लेकार्ड लिएर मजदुरहरुले बजार क्षेत्र परिक्रमा गरेका थिए

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटि राजविराजका अध्यक्ष भोलाप्रसाद यादवले भने, सरकारले बन्दाबन्दी लागु गरेको चार महिनादेखी बेरोजगार भई घरमै सीमित हुनुप-यो, अहिले पनि काम नगरे के खाने ?

बिरोध प्रदर्शनका क्रममा की ज्यान मार, की काम गरेर खान देउ सरकार, निजि जस्तै सार्वजनिक यातायात संचालन गर, मजदुरलाई हातखुट्टा बाँधेर राख्न पाइदैन, निजिले सार्दैन सार्वजनिक सवारीसाधनले कसरी कोरोना सार्छ सरकार लगायतका नारासहितको प्लेकार्ड लिएर मजदुरहरुले बजार क्षेत्र परिक्रमा गरेका थिए ।

बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश २ का महासचिव केदारदेव, अखिल नेपाल विद्युतीय रिक्सा, टेम्पु, अटो मजदुर संघका जिल्ला अध्यक्ष बिजेन्द्र देव, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर कमिटिका अध्यक्ष भोलाप्रसाद यादवलगायतले सात दिन भित्र सरकारले सार्वजनिक यातायात संचालनमा ल्याउने अनुमति नदिए सडकमा गुड्ने अन्य निजि सवारीसाधनलाई समेत बन्द गराउनुका साथै सशक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने घोषणा गरेका थिए । सरकारले गत चैत ११ मा बन्दाबन्दी लागु गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित