जाजरकोट । अबिरल बर्षासंगै आएको बाढी पहिरोले कर्णाली प्रदेशको जाजरकोटमा ठुलो जनधनको क्षति भएको छ । लगातार आएको बाढी पहिरोमा परेर १० जनाको ज्यान गएको छ भने ४ जना बेपत्ता भएका छन । लाखौको धनमाल, पशुचौपाया र बालीनाली नोक्सान भएको छ । गाउँ गाउँमा पहिरो जान थालेपछि १ सय ७६ घरपविार बिस्थापित भएका छन । ५ सय परिवार पहिरोको उच्च जोखिमा परेका छन ।
’boutकोट गाउँपालिका वडा नं ४ जिरीको सार्कीटोलमा पहिरोले २ घर बगाएको छ । स्थानीय गोपाल सार्की र कलु सार्कीको घर बगाउदा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल सार्की उनका छोरा अर्जुन , कलु सार्की उनकी छोरी तिर्खी र कमला छोरा सुभास छन् । कलुको घरमा कुशे गाउँपालिका ९ चौराटाबाट पाउना गएका डिल्ली सार्की बिरेन्द्र , कबिता र गौरी सार्कीको पनि ज्यान गएको छ । गोपालकी श्रीमति पुष्पा र छोरी लक्ष्मीको सब भने फेला परेको छैन । बेपत्ताको खोजि जारी रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन । भौगालिक बिकटता र प्रतिकुल मौसमले उद्दारमा समस्या आएको प्रजिअ पन्तको भनाई छ । उद्दारमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सदरमुकामबाट दुइ दिनको पैदल दुरीमा रहेको ’boutकोटमा सञ्चार सम्पर्क नहुदा थप समस्या भएको छ ।

बर्षादसंगै ’boutकोटको ठाउँ ठाउँमा पहिरो जान थालेको छ । गाउँमा पहिरो जान थालेपछि स्थानीयहरु बिद्यालय र ओडारमा बस्न थालेका छन । पहिरो जोखिम बढेकोले स्थानीयले घर छोडेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादु शाहले बताए । ठुलो संख्यामा नागरिकहरु बिचल्लीमा परेकोले ब्यबस्थापन गर्न कठिन भएको अध्यक्ष शाहको भनाई छ । वडानं ४ को सार्की टोल, बोहरा गाउँ, मैना र गोठगाउँ पहिरोको उच्च जोखिममा रहेका छन । ती बस्तीका १ सय २९ घरपरिवार बिस्थापित भएको स्थानीय लोकेश सिंहले जानकारी दिएका छन । त्यस्तै वडा नं १ को कोटीली र धौलाकोट गाउँका ४२ परिवार गाउँबाट बिस्थापित छन । पहिरोले बस्ती नै बगाउन थालेपछि उनीहरु बिस्थापित भएका हुन । उनीहरुलाई बिद्यालयमा राखेर सुरक्षित गरिएको वडाध्यक्ष द्वारिका बुढाले जानकारी दिएका छन । बिस्थापितहरुले आफुहरुलाई खाना र बस्नको समस्या भएको गुनासो गरेका छन ।

अविरल वर्षाले ’boutकोटका अन्य क्षेत्रमा पनि पहिरो जाने खतरा बढेको छ । ठाउँ ठाउँमा जमिन चर्किन थालेपछि स्थानीय त्रसित भएका छन । ’boutकोटमा मोटर बाटो पुगेसंगै पहिरोको जोखिम बढेको स्थानीयको भनाई छ । गाउँ गाउँमा डोजर चलेपछि बर्षादमा पहिरो जान थालेको वडा नं २ का निमबहादुर गिरीले बताए । जथाभाबि डोजर होलेर अहिले यो समस्या आएको हो उनले भने । ’boutकोटका झन्डै ५ सय परिवार पहरोको जोखिममा देखिएका छन । जतातै पहिरो जान थालेपछि ’boutकोटमा अप्ठेरो स्थिति आएको गाउँपालिकाका अध्यक्ष शाह बताउछन । ’boutकोटको समस्या समाधानको लागि प्रदेश र संघिय सरकारसंग समुन्वय गरिएको अध्यक्षको भनाई छ । पहिरो पिडित रबिस्थापित परिवारका लागि प्रदेशबाट राहात समाग्री सेनाको हेलिकप्टर मार्फत शनिबार ’boutकोट पुर्याएको प्रदेश सभा सदस्य गणेश प्रसाद सिंहले बताए । त्यस्तै संघिय सरकारको तर्फबाट राहत सामाग्री वन तथा वाताबरण मन्त्रीको टोलीले आइतबार ’boutकोट पुर्याएको छ । मन्त्री बस्नेतले पिडति तथा बिस्थापित परिवारको लागि सरकारले राहत र क्षतिपुर्तिको ब्यबस्था गर्ने बताएका छन । बाढी पहिरो प्रभाबित क्षेत्रको स्थलगत निरिक्षण गरेर मन्त्री बस्नेत आइतबार फर्किएका छन ।







