क्यान्सर पीडित राईलाई आर्थिक सहयोग

काठमाडौं । सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । ३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको थियो । संघको तर्फबाट सचिव आरके विष्टले राईलाई रकम हस्तान्तरण गरे । राई हाल भक्तपुरको ताथलीस्थित क्यान्सर अस्पतालमा उपचाररत छन् ।

पूर्वखेलाडी दीपाको सहयोग
पूर्व बक्सिङ खेलाडी दीपा क्षेत्रीले मिर्गाैला रोगबाट पीडित शिक्षक खुसबहादुर थापालाई आर्थिक सहयोग उपलब्ध गराएकी छन् । केही वर्षयता मकाउमा कार्यरत दीपाले लालबजार निवासी थापालाई ४० हजार रुपैयाँ सहयोग गरेकी हुन् । थापालाई दीपाका भाइ रवि महर्जनले लालबजारस्थित उनकै निवासमा पुगेर रकम हस्तान्तरण गरे । श्री जनता उमाविमा कार्यरत ६६ वर्षीय थापाको दुवै मिर्र्गाैला फेल भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान