काठमाडौं । १९ वर्षीया किशोरीलाई बन्धक बनाई यातना दिएको अभियोगमा महालक्ष्मी नगरपालिका–८ ससिडोल बस्ने ३३ वर्षीय सुरज राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राउतले आफ्नै घरमा विगत ८ महिनादेखि बस्दै आएकी ती किशोरीलाई बन्धक बनाई यातना दिएको भन्ने जानकारी पाउनासाथ महानगरीय प्रहरी प्रभाग सिरुटार र महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)






