फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि त्रास

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ । स्थानीय बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिए । बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र एकै परिवारका अन्य तीन जना बेपत्ता भएका थिए ।

पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका पाँच जना बेपत्ता भएका थिए । ती मध्ये दुई जनाको शव फेला परेको छ । सोह्र वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया निमा साङ्बु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । बिहीबार खोतलेको स्थान पूरै लेदोले पुरिएकाले खोजीकार्य शुरु गर्न गाह्रो भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 561 times, 1 visits today)

epaper

ताजा समाचार

ज्यान मार्ने धम्की, नशालु पदार्थ र करणी आरोप : मोरङमा तीन जना पक्राउ