इलामको दुधाङमा निर्माणाधीन पुलको फर्मा बाढीले बगायो

इलाम । अविरल वर्ष सँगै आएको बाढीले इलाम नगरपालिका ५ को बरबोटे र माईजोगमाई गाउँपालिका ५ को सोयाङ जोड्ने दुधाङमा निर्माणाधीन पक्की पुलको फर्मा बगाएको छ । आधा निर्माण गरेर वर्षेदेखि पूल अलपत्र परेको पूल सोमबार अविरल वर्षसँगै खोलामा आएको बाढीले पुलको एकातर्फको स्ल्याब लगाउन बनाइएको फर्मा र छड बगाएको हो ।

दुई स्ल्याबको सो पुलको अहिलेसम्म एउटा स्ल्यब मात्रै लगाइएको छ । लामो समयदेखि निमार्ण नभएको पूल पटक पटकको तागेता पछि गत आर्थिक वर्षमा बाँकि रहेको पूल निर्माणका लागी फर्मा बाँध्ने काम शुरु भएको थियो । ठेक्का लागेको सात वर्ष वितिसक्दा समेत पुल निर्माण पुरा भएको थिएको छैन । पुलभन्दा पछि निर्माण शुरु भएको सुपरमाई जलविद्युत आयोजना भने निर्धारित समयभन्दा दुई वर्ष अघिनै पुरा भयो । आयोजनाले २०७५ असोज देखिनै ७.८ मेघावाट विद्युत उत्पादन गरिरहेको छ ।

आर्थिक वर्ष २०७०÷०७१ मा नै सडक डिभिजन कार्यालयले ६ करोड १२ लाख ९२ हजारमा ठेक्का लागेको पूल बनाउन थालिएको ७ बर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको थिएन । नेशनल निलगिरी जेभी नामको निर्माण ब्यवसायी कम्पनीले ठेक्का लिएको उक्त काम सम्झौता भएको दुई वर्षभित्र सम्पन्न गर्नु पर्ने थियो । तर निर्माण जिम्मा लिएको ठेकेदार कम्पनी र निर्माण कार्य गराउने सडक डिभिजनले वास्तै नगरेपछि पुलको काम सम्पन्न हुन सकेको थिएन, डिभिजन सडक कार्यालयका प्रमुख अभिमन दासका अनुसार पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपछि लक डाउनका कारण निर्माण सामग्री नहुँदा काम हुन सकेको थिएन । व्यवसायीले सामान जुटाउन नसकेपछि काम पुरा हुन नसकेको हो । दासले भने काम नसकेपछि हामीले व्यवसायीलाई फर्मा र फाइप निकाल्न भनेका थियौ ।’ मध्यवर्षासम्म फर्मा ननिकाल्दा बाढीले नोक्सानी पु¥याएको हुनसक्ने मुल्मी बताउँछन् ।

यहाँ पुल नबनेका कारण बर्षायाममा गाडि कुद्दैनन् । बर्षाद्मा सन्दकपुर गाउँपालिका ५ को जमुना, माई जोगमाई ६ को प्याङ र ५ को सोयाङका बासिन्दाले यातायातको साधन प्रयोग गर्न नै पाउँदैनन् । पुन पूल निर्माणको काम थाले सँगै हर्सित बनेका इलाम बासिमा पुल निमार्ण सम्पन्न हुने सपना सपनामै सिमित बनेको छ । पक्की पुल नबनिदिँदा स्थानीयले बर्षौँदेखि प्रयोग गर्दै आएको झोलुङ्गेबाट वारपार गर्ने गरेका छन् । गाडी नचल्ना समय बढी खर्चर्नु पर्छ भने मानिसले नै भारी बोकेर आवतजावत गर्नुपर्दा धेरै जसो स्थानीयलाई सास्ती हुने गरेको छ ।

इलाम सदरमुकामदेखि माईजोगमाईको केन्द्र नयाँबजारसम्म पुग्ने यो मोटरबाटो कालोपत्रे नभए पनि यसअघि आरआरआर एसडीपी नामक सरकारी परियोजना र उन्नति समावेशी बृद्धि कार्यक्रममार्पmत एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएर ग्राभेल भइसकेको छ । उक्त बाटोमा पर्खाल, नाली, कल्भर्ट जस्ता संरचना पनि बनिसकेका छन् । बीचमा रहेको खोलामा पुल नहुँदा त्यस क्षेत्रका जनताले समस्या भोगीरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान