सुनिल र सुगमलाई पितृ शोक

मोरङ । रंगकर्मी सुनिल पोखरेल तथा गायक सुगम पोखरेललाई पितृ शोक परेको छ । उनीहरूका बुवा एकनाथ पोखरेलको ८१ वर्षको उमेरमा शनिबार बेलुका निधन भएको हो । मोरङको रंगेली मंगल’boutमा बस्दै आएका मृतक पोखरेल मुटुको समस्याबाट पीडित थिए । उनका सुनिल, सुशील र सुगमसहित तीन छोरा, दुई छोरी र एक श्रीमती छन् । मृतक पोखरेलको आइतबार स्थानीय तिरुपती आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 420 times, 1 visits today)

epaper

ताजा समाचार

१० बैशाख २०८३