लमजुङमा करेन्ट लागेर एक युवकको मृत्यु

लमजुङ । लमजुङमा करेन्ट लागेर २७ बर्षीय एक युवकको मृत्यु भएको छ । बिजुलीको नाङ्गो तार छोइएर करेन्ट लागेर उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोर्दी गाउँपालिका– २ को अर्चलबोट गाउँ निवासी २७ बर्षीय भविश्वर भुजेलको मृत्यु भएको हो । उनी सुन्दरबजार नगरपालिका– ९ स्थित भक्ति नमूना मावि भोटेवडारको गेट अगाडि रहेको बिजुलीको पोलमा केबुल तार बनाउने क्रममा बिजुलीको नाङ्गो तार छोइएर करेन्ट लागेर भुइमा पछारिएका थिए ।

भुजेलको उपचारका लागि जिल्ला सामुदायिक अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय लमजुङका प्रवक्ता प्रहरी निरीक्षक ओम प्रकाश पुनले जानकारी दिए । उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम