प्रहरी प्रधान कार्यालयका थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुरुमा संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलन गर्दा थप २८ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

गत आइतबार केही प्रहरी जवानलाई ज्वरो आएपछि स्वास्थ्य जाँचका लागि प्रहरी अस्पताल पठाइएकामा चेकजाँचका क्रममा संक्रमण देखिएको थियो ।

त्यसपछि प्रधान कार्यालयले उनीहरूको रिपोर्ट भेरिफाइका लागि टेकुस्थित अस्पताल पठाएको थियो । त्यसबखत चार जनामा संक्रमण पुष्टि भएको थियो भने उनीहरूसँग सम्पर्कमा पुगेकाहरूको समेत परीक्षण गरिएको थियो । सो क्रममा शुक्रबारसम्म ७२ जनामा संक्रमण पुष्टि भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म देशभर गरी २ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ

तपाइको प्रतिक्रिया
(Visited 967 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी