धनकुटाको जोरपाटीमा नयाँ प्रहरी चौकी

धनकुटा । धनकुटाको छथर जोरपाटीमा प्रहरी चौकी उद्घाटन भएको छ । जोरपाटी बजारमा स्थापना गरिएको प्रहरी चौकीको गाउँपालिका अध्यक्ष शेरवहादुर लिम्वु र प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयको ०७६ असोज १७ गतेको परिपत्र, गृह मन्त्रालय र मन्त्री परिषद्को निर्णयले छथर जोरपाटीमा प्रहरी चौकीको नयाँ दरवन्दी स्वीकृत गरेको थियो । सोही वमोजिम छथर जोरपाटी गाउँपालिका–२ स्थित जोरपाटी वजारमा प्रहरी चौकी स्थापना गरिएको हो ।

छथर जोरपाटीबासीले लामो समयदेखि प्रहरी चौकी माग गर्दै आएका थिए । प्रहरी चौकी निर्माण गरिएसँगै लामो समयपछि उनीहरुको माग पुरा भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 629 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ