काठमाडौं । यसपटकको तीजमा नयाँ गीत निकाल्ने क्रममा नयाँ गीत फूलबुट्टे सारी…बिहीबार रिलिज भएको छ । जसमा विन्दु परियारको स्वर, शान्तिप्रियको शब्द र सुदीप सागरको एरेन्ज तथा संगीत रहेको छ ।
यो वर्षको तीजका लागि आफूले लेखेको यो तेस्रो गीत भएको रंग पत्रकार शान्तिप्रियले बताए । गायिका विन्दु परियारको फूलबुट्टे सारी यस वर्षको पहिलो तीज गीत हो । शान्तिप्रियको गीत गाएर आफूले गायन सुरु गरेको र शान्तिकै तीज गीत गाउन पाउँदा खुसी भएको विन्दुलाई बताइन् । छायाछवि क्रियसनले निर्माण गरेको यस गीत फूलबुट्टे सारी सीसी नेपाल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।
फूलबुट्टे सारीमा अभिनेत्री अनामिका चौलागाईं मुख्य भूमिका छ । यो वर्ष तीजमै पनि उनले तीन गीतमा मोडलिङ गरेकी छन् । फूलबुट्टे सारीको नृत्य निर्देशक एवं निर्देशक राजीव बलामी हुन् भने सम्पादन पनि उनी आफंैले गरेका छन् । गीतको छायांकार राजु केसी हुन् । जसमा शृंगार दीभिषा शर्मा छ । गीतमा शान्तिप्रियकै निर्देशन रहेको छ ।






