बार्सिलोना र म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लन्डन । स्पेनको बार्सिलोना र जर्मनीको बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । गएराति सम्पन्न प्रि क्वाटरको दोस्रो लेगमा बार्सिलोनाले नेपोली र म्युनिखले इग्लिस क्लब चेल्सीलाई पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

इटालीको नेपोलीलाई ३–१ ले हराउँदै बार्सिलोना समग्रमा ४–१ को नतिजा सहित क्वाटरफाइनलमा पुगेको हो । नेपोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । गएरातिको खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले १–१ गोल ठोके ।

गएराति भएको अर्को खेलमा इंग्लिस क्लव चेल्सीलाई ४–१ ले स्तब्ध बनाउँदै बार्यन म्युनिख क्वाटरफाईनलमा पुगेको हो ।पहिलो लेगमा ३–० ले पराजित भएको चेल्सी समग्रमा बायर्नसँग ७–१ को भारी अन्तरमा पराजित भयो ।

गएरातिको खेलमा बायर्नलाई विजयी गराउन रोबेर्ट लेवान्दोस्कीले दुई गोल गर्दा इभाँ पेरिसिक र कोरेन्टिन टोलिसोले एक एक गोल गरे । चेल्सीका ट्यामी अब्राहमले एक सान्तोना गोल फर्काए । गएराति विजयी दुवै टोलीको भेट क्वाटरफाइनलमा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै