जनकपुरधामका होटल व्यवसायीको निधन, धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

जनकपुरधाम । जनकपुरधामका होटल व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । करिब २० दिनदेखि काठमाडौँमा उपचाररत उनको गएराति १२ बजे मृत्यु भएको गिरीका छोरा डा. सन्तोष गिरीले जानकारी दिए ।

उनी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित गिरीको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । होटेल रामाका संचालक समेत रहेका गिरिलाई उपचारका लागि काठमाडौ लगिएको थियो ।

कोरोना संक्रमणबाट धनुषामा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा उपचार गराइरहेकै बेला विदेह नगरपालिका वडा नं. ८ का ६० वर्षिय पुरुषको मंगलवार मृत्यु भएको थियो । कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि नै ओइशोलेसनमा भर्ना भएको अस्पतालले जनाएको छ ।

आइतवार मृत्यु भएका जनकपुरधामको कदमचौक स्थित विनय तारा फाउन्डेशन अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत एकजना पुरुषको पनि कारोना संक्रमण रहेको थियो । मिथिला विहारी वडा नं. ५ ललियाका उनी थिए ।

एकसाता अघि धनुषाका शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक युवकको उपचारको क्रममा मृत्यु भएको थियो । साउन १० गते उपचारका लागि प्रादेसिक अस्पतामा भर्ना गरिएको थियो । भेन्टिलेटरको अभावमा ती युवकलाई विराटनगर रेफर गर्दा बाटोमै मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य