यूएईको शारजाहमा दुई नेपालीको हत्या

युएइ । युनाइटेड अरब इमिरेटस (यूएई) को शारजाह सहरमा दुई नेपाली युवाको हत्या भएको छ । उनीहरु को हुन् भनेर परिचय खुलाइएको छैन । उनीहरुको अनुहार, घाँटी, छाती र पेटमा धारिलो हतियारले निर्मम प्रहार गरेको पाइएको छ ।

शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको गल्फ न्यूजले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ । झगडा हिंस्रक भएपछि उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकहरुको पूरा पहिचान खुलाएको छैन । उनीहरुको संक्षिप्त नाममात्र सार्वजनिक गरेको छ जसमा मृतक २६ वर्षका केजे र ३७ वर्षका एमआर दुवै नेपाली नागरिक भएको जनाइएको छ । उनीहरुको शव शारकान आवासीय क्षेत्रमा फेला परेको थियो । हत्या कसले गरेको हो भन्ने पहिचान भइसकेको छैन र अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

प्रज्ञा प्रतिष्ठानदेखि सेन्सर बोर्डसम्म पदाधिकारी विहीन