थपिए ५२५ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ९ हजार ८५९ पिसिआर परीक्षण भएकामा ५२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ९५७ पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १०९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ८३७ पुगेको छ ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार २५ रहेको छ । क्वारेन्टिमा रहनेको सङ्ख्या १४ हजार ७६९ छ । त्यसैगरी नेपालमा थप चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम