तस्करको नयाँ नयाँ शैली, डुङ्गाबाट तस्करी

सप्तरी । प्रहरीको आँखा छली डुङ्गामार्फत कोशी नदी हुँदै भारततर्फ अवैध रुपमा लैजाने तयारी गर्दै गरेको अवस्थामा एक सय ७५ बोरा मटर सशस्त्र प्रहरीले मंगलबार एका बिहान नियन्त्रणमा लिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाको सप्तकोशी किनारमा बिहान ४ बजेतिर तीन वटा सानो र तीन वटा ठूलो गरि ६ वटा डुङ्गामा लोड गरि भारततर्फ लैजाने तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई देख्ने बित्तिकै तस्करहरु फरार भएको र बरामद १ सय ७५ बोरा हरियो मटर नियन्त्रणमा लिई मंगलबारै बेल्हीस्थित राजविराज भंसार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए ।

मटरको अनुमानित मुल्य करिब ३ लाख ५० हजार रहेको अनुमान गरिएको छ । भारतको बिहार राज्यमा मदिरा प्रतिबन्ध रहेको र मटरको भाउ पनि राम्रै पाउने भएकाले केही दिन यता तस्करहरुले राती र एकाबिहानको समयमा डुङ्गाको प्रयोग गरी मदिरा र मटर सीमा पारी लैजाने गरेको स्थानियले बताएका छन् ।

तीन दिन अघि पनि सशस्त्र प्रहरीको टोलीले भारततर्फ लैजाँदै गरेको अवस्थामा एक ट्रक मदिरा नाका क्षेत्र राजगढ गाउँपालिकाको मझौरा चैंक नजिकैबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले नाका क्षेत्रमा गस्ती र निगरानी बढाएपछि तस्करहरु सप्तकोशीबाट डुङ्गामार्फत तस्करीको नयाँ शैली अपनाउन सुरु गरेको पाइएको प्रहरी उपरिक्षक श्रेष्ठको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

तेस्रो दाम्पत्य सम्बन्धमा बाँधिए अभिनेता आमिर