उज्यालोका लागि ‘सेलीब्रेटी’ कुलमान घिसिङ

सेलिब्रिटी । यो शब्द कुनै समय सिमित बिधा वा क्षेत्रमा ख्याती आर्जन गर्नेमाथि मात्र प्रयोग हुन्थ्यो । गीत संगीत वा सिनेमा क्षेत्रमा लागेका ब्यक्तिहरू मात्रै सेलीब्रेटीका रुपमा चिनिन्थे । अन्य बिधा खेलाडी, साहित्य वा समाजमा नाम कहलिएका बैंकर्स, समाजसेबी वा अन्य सकारात्मक सोच र कार्य गरेर ख्याती कमाएका र कमाउंनेलाई सेलिब्रिटी शब्दले ब्याख्या गरिदैनथ्यो । तर, आज समय फेरिएको छ,सेलिब्रिटी शब्दले पनि ब्यापकता पाउन थालेको छ भने यो शब्दले आफ्नो उपस्थिति फराकिलो पार्न थालेको छ ।

लेखक : राजन घिमिरे

आज सेलिब्रिटी भन्ने बित्तिक्कै उ सिनेमाको पर्दामा देखिएकै हुनु पर्ने वा उ गित संगीत मै लाग्नु पर्ने सिमितता तोडिएको छ । समाजमा तारिफ गर्न योग्य काम गर्नुस , सबैको मनमा बस्ने सृजना गर्नुस वा तपाईको त्यो कार्य र सोचले अरूको जीवनमा उज्यालो ल्याओस वा सकारात्मक रक्तसंन्चार गरोस । तपाई रातारात सेलिब्रेटी हुन र बन्न सक्नुहुन्छ वा तपाईलाई जनताले तारिफै तारिफको पगरी गुथेर सेलिब्रेटी बनाई दिन सक्छन । राम्रो काम र सकारात्मक सोच अनि उद्देश्य भयो भने सिनेमाको नायक वा गायकभन्दा पनि बढी सेलिब्रिटी भएर स्याबासी, तारिफ र वाहवाही पाउन सकिन्छ र कर्म नै ठूलो कुरा हो भन्ने ज्वलन्त प्रमाण हुन कुलमान घिसिंग ।
नेपालमा चलेका सेलिब्रेटी भन्दा कम वजन र वाहवाही छैन कुलमानको । जनताको चाह अनुरूपको कर्म गरेकै कारण कुलमानलाई यतिबेला उज्यालोका महानायक सेलिब्रेटी भनेर सम्बोधन गर्ने गरिएको छ । नेपालका चलेका कलाकारभन्दा कम फ्यान छैनन् कुलमानका । सेलिब्रिटी बन्न फिल्म नै खेल्नु पर्दैन । आफ्नो क्षेत्र वा बिधामा तन मन लगाएर कर्म गरियो भने सेलिब्रेटीहरूको पनि सेलिब्रिटी बन्न सकिन्छ भन्ने कुराको गतिलो उदाहरण हुन कुलमान । यतिबेला के देश के प्रवास ? सबैतिर यिनकै चर्चा र ख्याती छ । यो सब कुलमान घिसिङले जे गरे मनबाटै गरेको कर्मको प्रतिफल हो ।

त्यो पनि मात्र चार बर्षको कार्यकालभित्र । नियत सफा भयो भने चार बर्षमा नै जनताको मन मनमा राज गर्न सकिन्छ भन्ने गतिलो उदाहरण होइनन् र कुलमान ?

मुलुक र मुलुक बाहिर रहेका नेपालीहरूमा पहिलोपटक नै होला बिद्युत क्षेत्रमा लागेको एक जना ब्यक्तिको पक्षमा यसरी जनलहर उर्लिएको । त्यो पनि मात्र चार बर्षको कार्यकालभित्र । नियत सफा भयो भने चार बर्षमा नै जनताको मन मनमा राज गर्न सकिन्छ भन्ने गतिलो उदाहरण होइनन् र कुलमान ? बिद्युत प्राधिकरणमा यसअघि पनि अरू निर्देशकहरू आएका थिए , तर आज तिनीहरू कता गए ? के गर्दैछन ? गुमनाम बाहेक केही दिएनन् तिनीहरूले । तर कुलमान उर्जा क्षेत्रमा उर्जाशिल भएर लागि नै रहे । त्यसकै परिणाम हो आज कुलमानको पक्षमा उनि फेरि नेपाल बिद्युत प्राधिकरणमा आउनु पर्छ भनेर जनलहर उर्लिएको ।

१८ घण्टासम्म लोडसेडिङमा जीवन गुजारेका नेपालीहरूको जीवनमा जब कुलमानको प्रबेश भयो तब, जनताले साँच्ची नै कुलमानलाई उज्यालो किरणको रूपमा लिन थाले । राइट स्थानमा राइट ब्यक्ति आयो या भयो भने के सम्म हुन सक्छ भन्ने कुराको गतिलो उदाहरण हुन कुलमान । मनमा केही गर्न सक्ने सोच,संकल्प,उद्देश्य भयो भने कुनै पनि क्षेत्र, काम वा बिधामा कायापलट गर्न सकिन्छ भन्ने गर्बिलो उदाहरण हुन कुलमान घिसिङ । त्यसैले त आज नेपाली जन (जनमा उनको बहिर्गमन हुन लागेकोमा चिन्ता ब्यक्त गर्दै उनको पुनः नियुक्ति हुनु पर्छ भन्ने जन दबावले ठूलै इस्यू पाईरहेको छ । जनताहरूबाट आइरहेको यो जनदबाबले यतिबेला नेपाल सरकारले जनताकै दबाब, चाह र इच्छाको सम्मान गर्ने छ भनेर चौतर्फी बिश्वास गर्न लागिएको छ । जनताहरू भन्छन ( उज्यालोका महानायक कुलमानलाई फेरि ल्याउ ।

तपाइको प्रतिक्रिया
(Visited 939 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा