तपाइँको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?
कोरोना संक्रमणको सन्दर्भमा जिल्लाकै स्थिति भयावह बन्दै गइरहेको हामी सबैलाई अवगत नै छ । यद्यपि, बारागढी गाउँपालिकाका विभिन्न वडामा रहेका क्वारेन्टाइनमा भारतलगायत अन्य मुलुकबाट फर्की बसेकाको स्वाब परीक्षण गरिएको छ ।
संक्रमण रोक्न के–कस्ता उपाय अवलम्बन गर्नुभएको छ ?
सुरुमा आम जनमानसमा त्रास बढी थियो । नयाँ रोग भएकोले बहुसंख्यक जनतामा यस’bout खासै जानकारी थिएन । त्यसकारण सुरुवाती चरणमा रोगविरुद्ध विविध सचेतनामूलक कार्यक्रम मार्फत व्यापक प्रचारप्रसार गरियो । हरेक घरपरिवार तथा व्यक्तिपिच्छे मास्क, हात धुने साबुन, ह्यान्डवास तथा सेनिटाइजरलगायतका सामग्री वितरण गरियो ।
संक्रमण रोक्न स्थानीय जनताबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
कोरोना संक्रमणबाट बच्न सतर्कताका विविध उपाय एवं नेपाल सरकारद्वारा जारी निर्देशनको पूर्ण पालना गरिदिनु प-यो । कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिनु हुने स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारीलाई सहयोग गरी मनोबल बढाउने काम समुदायस्तरबाट होस् । साथै कोरोना पोजिटिभ देखिएका वा क्वारेन्टाइनमा बसेकाको परिवारलाई अछुत जस्तो व्यवहार नहोस् ।
संघीय र प्रदेश सरकारबाट कस्तो सहयोग पाइरहनुभएको छ ?
संघीय र प्रदेश सरकारबाट अपेक्षा गरेअनुसारको सहयोग प्राप्त भएको छैन । प्रदेश सरकारबाट गत आवमा १० लाख रुपैयाँ राहत वितरणका लागि सहयोग प्राप्त भएको थियो । संघीय सरकारबाट विभिन्न निर्देशन प्राप्त भइरहेको छ ।
रोकथामका लागि केन्द्रीय सरकारले कस्तो कदम चाल्नुपर्ला ?
मुख्यतः पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ । स्थानीय तहलाई आवश्यक भिटिएम कीट, पिपिइलगायत स्वास्थ्य सुरक्षा सामग्री संघीय सरकारले उपलब्ध गराउनुर्छ । आइसोलेसनका लागि अस्पतालको व्यास्थापन, स्वास्थ्यकर्मी, डाक्टरको व्यवस्थापन संघीय सरकारले गर्नुपर्छ ।
बारागढी गाउँपालिका, बाराका प्रमुख प्रशासकीय अधिकृतसंग गरिएकाे कुराकानीमा आधारित






