सुत्केरी मृत्यु प्रकरण : ४ बुँदे सहमतिपछि कार्यालयमा लगाएको ताला खोलियो

मृतक पार्वती शाही

दैलेख । सुत्केरीको मृत्यु पश्चात ठाटीकाँध गाउँपालिका र वडानं १ वडाकार्यालयमा लगाएको ताला खोलिएको छ । स्वास्थ्यकर्मी र गाउँपालिकाले लापरवाही गर्दा सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका पीडित र गाउँपालिका बिच ४ बुँदे सहमति हुँदा गाउँपालिका र वडाकार्यालयमा लगाईएको ताला खोलिएको हो ।

पीडित परिवारले राखेको चार बुँदे मागलाई गाउँपालिकाले अक्षरश पालना गर्ने सहमतिपछि ताला खोलिएको मृतकका जेठाजु टेकबहादुर शाहीले बताए । उनले भने, ‘उपकरण भएपनि गाउँपालिकाले डाक्टर ल्याउने पहल नगर्दा र विग्रिएको एम्बुलेन्स मर्मत नगर्दा सुत्केरीको मृत्यु भएको हो । एम्बुलेन्स भएको भए भाई बुहारीको मृत्यु हुने थिएन । अबका दिनमा कुनै पनि महिलाले सुत्केरीले अकाल्लमै ज्यान गुमाउनु नपरोस भनेर चार बुँदे सहमति गरेका छौं । हामीलाई विश्वास छ, गाउँपालिकाले सहमतिलाई तत्काल लाग्नु गर्नेछ ।’

चार बुँदे सहमतिमा छानविन समिति गठन गर्ने,नवजात शिशुको उच्च शिक्षा,अध्ययन र स्वास्थ्य उपचार गाउँपालिकाले निशुल्क रुपमा गर्ने, मृतकको उपचारमा लागेको यातायात काजकिरिया खर्च रु २५ हजार गाउँपालिका व्यर्होने, लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा १५ दिन भित्र विशेषज्ञ डाक्टर ल्याउने र एम्बुलेन्सको तत्काल सञ्चालन ल्याउने सहमतिपछि पिडित परिवारले शब बुझेको ठाटीकाँध गाउँपालिकाले जनाएको छ ।

शनिबार बिहानदेखि आन्दोलन उत्रिएका आफन्तले चार बुँदे सहमतिपछि मात्र शव बुझेका थिए । गाउँपालिका स्थित विभिन्न राजनितिदलका प्रतिनिधी, पीडित पक्ष, जनप्रतिनिधीसहितको रोहवरमा सहमति भएको मृतकका आफन्तले जनाएका छन् । यदी गाउँपालिकाले भएको सहमति अनुसार काम गरेन भन्ने पुनः आन्दोलनमा उत्रिने मृतका देवर प्रकाशबहादुर शाहीले जानकारी दिए । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही सोही ठाउँपालिका ६ का स्थानीयबासी हुन् ।

शुक्रवार ११ बजे प्राथमिक स्वास्थ्य केन्द्र सुरक्षित सुत्केरी हुनका लागि मृतकलाई आफन्तले बोकेर स्वास्थ्य कार्यालय पु¥याएका थिए । दिउसो ३ बजे नवजात शिशु जन्माएकी शाहीको अत्याधिक रक्तश्राव भई थप उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए