सप्तरीमा एकै परिवारका ६ सहित थपिए १५ संक्रमित

सप्तरी, राजविराज । सप्तरीमा एकै परिवारका ६ जना सहित १५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये कंचनरुप नगरपालिका ६ का एकै परिवारका एक महिलासहित ६ जना छन् ।

सोही नगरपालिका वडा नं. ७ का एक महिलासहित तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ का चार तथा राजविराज नगरपालिका ४ का एक जनामा समेत कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार ती सबैको गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण देखिएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ८ सय २३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि