दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुला सहित सुदुरपश्चिमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विहिबार डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका १ जना, डोटी जोरायल गाउपालिकाका ४, अछाम मेल्लेख गाउपालिकाका १,चौरपाटी गाउपालिकाका १,बझाङ बुङ्गल नगरपालिकाका १ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भूषालले बताएका छन् ।
विहिबार २ सय ४४ जनाको कोरोना परिक्षण गर्दा ८ जनाको पोजेटिभ र २ सय ३६ जनाको नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)






