सिडियो भन्छन्, फुटपाथमा व्यापार गर, जनप्रतिनिधी भन्छन् हुँदैन !

काठमाडौं । उपत्यकामा लकडाउन खुकुलो बनाउने विषयमा प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधीको मत बाझिएको छ ।

निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बन्दै गएको भन्दै गएको २४ भदौमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो बनाउने आदेश जारी गरेको थियो । सवारी साधानमा जोर बिजोर प्रणाली लागु गर्नेदेखी कस्ता पसल कुन बार खोल्ने सम्मको सूची सार्वजनिक गरेको थियो । सोही आदेश अन्तर्गत सञ्चालन गर्न सकिने क्रियाकलापमा बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ,’ भन्ने उल्लेख छ ।

फुटपाथ र ठेलागाडा व्यापारलाई अनुमति दिन नहुने भन्दै काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई शुक्रबार ध्यानाकर्षण गराएकी छन् । फुटपाथ र ठेलाको व्यापारलाई अनुमति दिँदा काठमाडौंमा कोरोना संक्रमण भयाबह हुनसक्ने उपप्रमुख खड्गीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 297 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल