लोभलाग्दो ‘बाहुबली’ झरना

काभ्रेपलाञ्चोक । रोसी गाँउपालिका–२ काफलडाँडा स्थित तीनधारे झरनाको चर्चा एकाएक चुलिएको छ । केही समय अघिसम्म गुमनाम झरना हेर्न दैनिक हजारौँ मानिस आउजाउ गर्न थालेपछि यसको चर्चा चुलिएको हो ।

लकडाउनको मध्य समयदेखि झरनाले सामाजिक सञ्जालमा‘बाहुबली झरना’को नामबाट चर्चा पाउन थालेको थियो । बलिउड चलचित्र ‘बाहुबली’मा देखाईएको झरनासँग तुलना गरिएसँगै देशका विभिन्न स्थानबाट मानिसहरु आउन थालेका हुन् ।

पछिल्लो समय झरनामा पुगेर फोटो,भिडियो लिनेदेखि टिकटक बनाउन चाहने युवायुवतिहरुबिच प्रतिस्पर्धा नै चल्न थालेको देखिन्छ । मनमोहक झरनाको तस्विर र भिडियो सामाजिक संजालमा भाईरल बन्दै गएको छ । कोरोना महामारीको समयमा पनि झरना अवलोकन गर्ने पुग्नेहरुको भीड बढेको छ भने यस’bout जानकारी लिने र भ्रमण गर्न चाहनेको संख्या समेत बढ्दै गएको छ ।

लकडाउनको मध्य समयदेखि झरनाले सामाजिक सञ्जालमा‘बाहुबली झरना’को नामबाट चर्चा पाउन थालेको थियो । बलिउड चलचित्र ‘बाहुबली’मा देखाईएको झरनासँग तुलना गरिएसँगै देशका विभिन्न स्थानबाट मानिसहरु आउन थालेका हुन्

करिव ३ सय मिटर उचाइमा रहेकने झरनालाई स्थानीयले तिनधारे,त्रिशक्तीको नामबाट चिन्दै आएका छन् । स्थानीय ७६ बषिय बल वहादुर जर्गा मगर आफूहरुले सानै उमेरदेखि तीनझरे छाँगोको रुपमा चिन्दै आएको बताँउछन् । ‘अहिले बाहुबलि झरना खोज्दै मान्छे आउन थालेका छन्’ उनले भने । त्यस्तै अर्का स्थानीय ८३ बर्षिय मान वहादुर जर्गा मगर बाबुबाजेको पालादेखि झरनालाई देवीको रुपमा मान्ने गरेको बताँउछन् । उनीहरु झरनामा रातीको समयमा झलल मणी बल्ने गरेको देख्नहरु रहेको र झरनामा शक्ति रहेको विश्वास गर्छन् । स्थानीय बाटुलि मगर झण्डै २ महिनादेखि मौसम र भुगोलको वेवास्था गर्दै झरनामा घुम्न आउनेको संख्यामा उल्लेख्य बृद्धि भएका बताँउछिन् ।

कोरोना कहरलाई वेवास्ता गर्दै मानिसहरु दैनिक १५ सयको हाराहारीमा आउने गरेको गाँउपालिकाको भनाई छ । गाँउपालिकाले एक बर्षदेखि झरना’bout प्रचार गरिरहेको वडा नम्वर २ का वडा अध्यक्ष पोते लामाको भनाई छ । ‘हामीले ड्रोन मार्फत फोटो भिडियो लगाायतका सामग्री बनाएर प्रचार प्रसार गर्दै आएका छौँ । अहिले हेर्न आउनेको संख्या बढेको छ । कोरोना पछिको अबस्थामा आउनेको संख्या बढ्ने देखिन्छ आवश्यक योजना’bout छलफल गरिरहेका छौँ ।’ उनले भने । वडाअध्यक्ष लामाका अनुसार यस आर्थिक बर्षका लागि झरना जाने सिँढी बनाउन र रेलिङ हाल्न ५ लाख बजेट विनियाजन गरिएको छ ।

काभे्रका यूवा नेता तथा झरनाको प्रचारमा सक्रिय सागर रायमाझी आवश्यक पूवाधार निर्माण,झरनाको व्यवस्थापन र प्रचारका लागि पहल भईरहेको बताँउछन् । झरनामा पुग्न सदरमुकाम धुलिखेलबाट नमोबुद्ध,दाप्चा हुँदै केही पक्कि र अधिकांस कच्चि बाटाबाट करिव ३ घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । झरना हेर्न आउनेको संख्या बढेसँगै यस क्षेत्रमा होटल तथा रेष्टुरेन्ट लगायतका पूर्वाधार निर्माणले तिव्रता लिन थालेको छ। यो क्षेत्रमा तीनधारकै उचाईका महावीर झरना,रानी हाम फालेको झरना लगायतका सम्भावना बोकेका अन्य गन्तव्य समेत रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,688 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने