भारतीय दूतावासको सहयोगमा दुर्गम गाउँमा बिद्यालयको भवन बन्दै

कालिकोट । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ स्थित जनज्योती माविको विद्यालयको नमुना भवनको शिलान्यास गरिएको छ । भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण हुन लागेको विद्यालय भवनको बिहिवार नेपालका लागी भारतिय राजदुत महामहिम नविन श्रीवास्तवले भिडियो कल मार्फत शिलान्यास गरेका हुन ।

गाउँपालिका अध्यक्ष महोनबहादुर केसीको अध्यक्ष्ता, प्रमुख जिल्ला अधिकारी,लगायतको उपस्थितीका बिच बिहिवार औपचारिक कार्यक्रम गरी शिलान्यास गरिएको हो ।

स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा सरोकारवालाको उपस्थितिमा भवन निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेमबहादुर बडुवालले जानकारी दिए ।

नमुना भवनको स्विकृत बजेटम लागत १९ करोड ७९लाख ७१ हजार तिनसय १६ रुपैया रहेको मा निर्माण कम्पनी संग सम्झौता १३ करोड ५२ लाख २१ हजार पाच सय ३४ मा निर्माण हुने छ । यस्तै कुल लागतको ५ प्रतिशत गाउँपालिकाको रहेको छ ।

नयाँ भवन निर्माणपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले सुरक्षित तथा सुविधासम्पन्न वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए ।

कार्यक्रममा उपस्पथत बिद्यार्थी र वक्ताहरूले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताएका थिए । भवन निर्माणको लागी सम्झौता गरिएको १५ महिना भित्र भवन निर्माण सम्पन्न गरिसक्नु पर्ने गाउँपालिकाले जनाएको छ ।

भवन निर्माणले स्थानीय शिक्षाको विकासमा टेवा पुग्नुका साथै विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय