भिरखर्क पहिरो : सास नभए पनि लाश पाउँने आश बाँकी नै छ

सिन्धुपाल्चोक । पहिरोले बगर बनाएको एउटा डिलमा बसेर उनी टोलाईरहेका छन् । शरिरमा सेतो पछौयरा ओढेका उनी आफन्तको आशौचमा छन्,नजिकै स्काभेटरले केही खोत्लदै छ,स्काभेटरले जति पटक माटो उप्काएर फाल्छ त्यती नै पटक उनको नजर त्यतै हुन्छ । स्काभेटरले लगातार भग्नावशेष पन्छाइरहेको छ,र बेपत्ता प्रियजनको शव भेटिन्छ कि भनेर डिलबाट टुलुटुल हेरिरहेका छन् उनी । तर, खोजीमा लागेकाका अनुसार अब शव भेटिने संभावना न्यून छ । तर, लाश नपाएसम्म आश भइहाल्छ ।

टेण्टमा बसीरहेका उनी केही बेरपछि उही पहिरोले बगर बनाएको स्थानमा पुग्छन् र केही बेर त्यही डिलमा बसेर त्यहाँको दृष्य हेर्दा आँखाको डिलसम्म आँसु आइसकेको छ तर पनि उनी आँसु लुकाउन खोज्छन्,आँसु लुक्दैन तप्प आँसु चुहिन्छ अनि आफन्तको वियोगमा रहेका स्थानीय राजु नेवार फिस्स हाँस्दै भन्छन् ‘अझै भेटिन्छ की भन्ने आशा त बाँकी नै छ ।’ बाह्रविसे नगरपालिका–७ घुम्थाङ को भिरखर्क पहिरोमा १६ जनाको एकै चिहान भयो,पहिरोमा अझै १५ बेपत्ता छन् । हराइरहेका १५ जनामध्ये कसैको शव भेटिन्छ कि भन्ने आश अझै मरिसकेको छैन । र त स्काभेटरले पहिरो खोस्रिरहेकै छ । आफना प्रियजनको निसान मात्रै पनि भेटिन्छ कि भन्ने आशमा आशौच ’boutका सन्तान मध्ये पहिरोमा आएर कुर्छन र फर्किन्छन् । बेपत्ता भएकाहरु अब जीवितै भेटिने सम्भवना छैन तर पनि वेपत्ताका आफन्तहरुमा शास नभएपनि लास भेटिन्छ की भन्ने थोरै भएपनि आशा छ । भिरखर्क पहिरोमा आमा,भाई,बुहारी र भाइको छोरा छोरी पहिरोमा गुमाएका छन् राजुले । आमाको शब त्यही दिन भेटियो ,भाइको भने भोटेकोशी नदीले बगाएर बलेफीमा पु-याएपछि मात्रै भेटिएको थियो । आमा र भाइको त भेटियो अझै चार जनाको भेटिएको छैन नेवारले भने ।

बाह्रविसे नगरपालिका–७ घुम्थाङ को भिरखर्क पहिरोमा १६ जनाको एकै चिहान भयो,पहिरोमा अझै १५ बेपत्ता छन् । हराइरहेका १५ जनामध्ये कसैको शव भेटिन्छ कि भन्ने आश अझै मरिसकेको छैन । र त स्काभेटरले पहिरो खोस्रिरहेकै छ । आफना प्रियजनको निसान मात्रै पनि भेटिन्छ कि भन्ने आशमा आशौच ’boutका सन्तान मध्ये पहिरोमा आएर कुर्छन र फर्किन्छन्

पहिरोमा राजुले आफ्नो परिवार सहित गाउँका १४ जना गुमाए, ‘हामीहरु बाह्रविसेमा बस्दै आएका थियौ,आमा र भाइ गाउँमा नै थिए,एकै चिहान भयो ।’ राजुले भने । पहिरोमा बेपत्ताको खोजीमा बाह्रविसे नगरपालिकाले चार दिनदेखि स्काभेटर लगेर पहिरो पन्छाएर खोजीरहेको छ । केहीलाई भेटाएपनि राजुको आफन्त भने अहिलेसम्म भेटिएको छैन । पहिरोले बगर बनाएको तिर देखाउँदै राजुले भने–‘हाम्रो घर ऊ त्यही थियो,अहिले त बगर नै बनायो ।’ आफन्त गुमाउनुको पीडा त छदै छ त्यो भन्दा पनि आफन्तहरुको परम्परा अनुसार काजकिरीया गर्न पनि समस्या भएको उनले बताए । अझै चार जना भेटिएको छैन,किरीया बस्ने ठाउँ पनि छैन राजुले भने ‘अब ११ दिनसम्म हेरछौ,भएन भने सामान्य रुपमा भएपनि काजकिरीया गछौ ।’

घुम्थाङ नागपुजेका राजेन्द्र श्रेष्ठले पनि भिरखर्क पहिरोमा आमा,बाबु र बहिनीलाई एकैपटक गुमाए । उनी पनि आफन्तको खोजीमा आशौच ’boutर बसिरहेको ठाउँबाटै पहिरो स्थलमा आइरहन्छन् । आमाको शब फेला परे पनि बाबु र बहिनी बेपत्ता छन् । राजेन्द्र पनि पहिरोले खण्डहर बनाएको त्यहाँ रहेको विद्यालय छेउको एउटा डिलमा छन् र उनी पनि राजु ले जस्तै गी सेतो पछौयार ओडेका छन् र उनी पनि अरु जस्तै त्यही स्काभेटरले उत्खनन् गरिरहेको हेरिरहेका छन् । पहिरो गएको भोलीपल्ट देखिनै राजेन्द्र,राजु लगायत पहिरोमा आफन्त गुमाउनेहरुको दैनिकी यही नै चलिरहेको छ ।

घुम्थाङ नागपुजेका राजेन्द्र श्रेष्ठले पनि भिरखर्क पहिरोमा आमा,बाबु र बहिनीलाई एकैपटक गुमाए । उनी पनि आफन्तको खोजीमा आशौच ’boutर बसिरहेको ठाउँबाटै पहिरो स्थलमा आइरहन्छन् । आमाको शब फेला परे पनि बाबु र बहिनी बेपत्ता छन्

बिहानदेखि बेलुकीसम्म पहिरोमा नै हुन्छन् र बेलुकी भएपछि बास बस्न टेन्टमा पुग्ने गरेका छन् । ‘आमालाई सग्लो भेट्यौं ,गालाको छेउमा अलिकति चोट रहेछ ।’ राजेन्द्रले भने ‘यहाँ आउँदा त मेरो घर नै यहाँ थियो जस्तो लग्दैन । आँख चिम्म गर्छु झलझी आमाको तस्विर आँखा भरी आउँछ,आमा आउनु हुन्छ की जस्तो लाग्छ अझै पनि ।’ राजेन्द्र भावुक हुदै भन्छन् ।

आमाले छिमेकी गाउँ लिस्तीबाट आठ वटा खसी ल्याउनु भएको रहेछ,गाउँकै समुहबाट ऋण गरेर खसी ल्याएपनि ऋण्ले च्यापेपछि दुइ दि न अघि मात्रै फोन गरेर–‘छोरा दशैमा त यो सबै खसी बेच्नु प-यो,ऋणले च्याप्यो’ भनेर आमाले भनेको शब्द नै राजेन्द्र र आमा बिचको अन्तिम कुराकानी भयो । ‘आमाले सात वटा खसी बिक्री गर्ने र एउटा दशैंमा खाने बताउनु भएको थियो ।’ यति भन्दा उनी त्यहाँ भन्दा अगाडी बोल्नै सक्दैनन् ।

भदौ २७ गते रातीको समयमा भिरखर्कबाट आएको पहिरोमा परी १६ जनाको मृत्यु भयो भने अझै बेपत्ता छन् । पहिरोमा मृत्यु भएका भिरखर्कका प्रायको शब भेटिएपनि भिरखर्कभन्दा तल नागपुजेका भने अझै हराइरहेको छन् । पहिरो स्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार वेपत्ताहरुको नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी र स्काभेटरको सहायताले खोजी गरेपनि फेला पर्न नसकीएको जानकारी दिए ।

पहिरोमा परेर ज्यान गुमाएका र शब पनि फेला परेकाहरुको आफन्तले जिम्मा लिएर अन्तिम संस्कार समेत गरिसकेका छन् तर एकै घरका ६ जना सम्म परेका आफन्तहरुले केहीको शब फेला परेर शदगत गरेपनि नेभिटिएकाहरुको भने सदगत गर्न पाएका छैनन । आफन्तहरुलाई अझै पनि वेपत्ताहरु भेटिन्छ की भन्ने आशा छ,तर त्यही आशा पनि निराश हुदै गएको वेपत्ताका आफन्तहरुले बताएका छन् । घर भएको स्थानमा स्काभेटरले सबै माटो पन्छाए पनि नभेटीएको वडा अध्यक्ष मिनबहादुर श्रेष्ठले जानकारी दिए ।

घुम्थाङ त्यही गाँउ हो, जहाँ भदौ २७ गते राति विशाल पहिरो झरेको थियो । त्यसयता यो गाउँमा जीवन त छ । तर, निरस, निश्प्राण र अत्यन्तै कारुणीय, टिठलाग्दो ।

पहिरोमा परेर ज्यान गुमाएका र शब पनि फेला परेकाहरुको आफन्तले जिम्मा लिएर अन्तिम संस्कार समेत गरिसकेका छन् तर एकै घरका ६ जना सम्म परेका आफन्तहरुले केहीको शब फेला परेर शदगत गरेपनि नेभिटिएकाहरुको भने सदगत गर्न पाएका छैनन

बाह्रबिसे नगर क्षेत्रभरिकै राम्रो मानिएको गाउँ थियो नागपुजे । तर, २०७२ सालको विनाशकारी भूकम्पले गुजुमुज्ज बस्ती र एउटै लहरमा उभिएकाझैं देखिने घर–गोठ ढालिदियो । बाँचेपछि ओत लाग्ने थलो बनाउनै पर्ने, खनिखोस्री गर्नैपर्ने बाध्यताले यो गाउँमा पनि भूकम्पको पीडा बिर्सिएर उठ्न र जीवनको लयमा फर्कन खोज्दै थियो । तर, भदौ २७ गते राति प्रकृतिले यही नागपुजेलाई पुस्तौ–पुस्ताका लागि पुग्ने चोट दियो । भीमकाय पहिरो झ-यो यही सुन्दर गाउँमा । भीरखर्कबाट खसेको पहिराले भोटेकोसीसम्मको बाटो तय गर्दा नागपुजे खण्डहर–बगरमा परिणत भयो । पहिरोको मूल भंगालो नै बस्तीबीचबाट छिर्दा ठूलो मानवीय र भौतिक क्षति भयो । अहिलेसम्म १६ जनाको शव फेला परेको छ । १५ जना वेपत्तै छन् । पहिरोले गाउँ नै सिनित्त पारेर उर्लदो भोटेकोसीमा हेलिदिएकाले वेपत्ता भेटिने संभावना न्यून छ ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित