पाख्रिनाको ‘झोला झाल’ प्रसारको लागि तयार

काठमाडौं । नृत्य निर्देशक तथा फिल्म निर्माता दिनेश पाख्रिनको निर्माणमा मेघा सिरियल ‘झोल झाल’ निर्माण भएको छ । केही अगाडि छायाँकन भएको सिरियल अहिले प्रसारणको तयारीमा रहेको निर्माता दिनेश पाख्रिनले बताए ।

कथा तथा निर्माण परिकल्पना समेत पाख्रिनकै रहेको तथा आर्ट एभेरेष्ट प्रालीको ब्यानरमा निर्माण भएको ‘झोल झाल’मा रवि गिरी, रमेश बस्नेत, तिर्थ थापा, कालु राना, निर्मल लामा, रोहित रुम्बा, रेसम फिरिरि, पवन नगरकोटी, सोम लामा, शैलस पहारी, रस्मी भट्ट, कविता राय, श्रृजना मल्ल ठकुरी, सविना मल्ल ठकुरी, निर्मल लामा, सुसिला निरौला ‘बिमलीे’, पवन केसी, जनक कार्की, बालकलाकार हेलेन पाख्रिन, आयुब बिष्टलगायतको अभिनय रहेको छ ।

देशमा भएको राजनीतिक उतारचढापमा पनि यथावत रहेका जनताको समस्या, नेताहरुका कारण जनताले पाएको दुःख, पारिवारिक समस्या आदी बिषय समेटिएको सिरियलका प्रस्तुतकर्ता हेलेन पाख्रिन, निर्माता बिरबहादुर तामाङ (बिक्रम), कर्ण बहादुर बिष्ट सहनिर्माता निर्मल लामा, पवन नगरकोटी र कार्यकारी निर्माता शेखर लामा रहेका छन् ।

बिकाश चौधरको संगीत, मौसम मधुरको स्वर, रामेश्वर हुमागाइको छायाँकन, तारा थापा किम्भेको सम्पादन रहेको सिरियल आरएल मोक्तानले निर्देशन गरेका हुन् । मोक्तानले यस अगाडि ‘द मंगोलियन हाट’, ‘बस्तुशास्त्र’, ‘सम्हाली राख है’लगायत निर्देशन गरेका थिए । आम जनमानका समस्या सम्बन्धित पक्षसम्म पुर्यान र सर्वसाधारणलाई सन्देश दिन सिरियल निर्माण गरिएको निर्माण परिकल्पना पाख्रिनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

epaper

ताजा समाचार

टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु